Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?

Sunday, September 20, 2020 National Power

एजेन्सी – नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् ।

दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् । दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् ।

उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’ दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपिका आफू निकै बलियो भएको देखाउन चाहान्थिन् । उनी जे कुरा भित्र थियो बाहिर निकाल्न चाहान्थिन् ।’

दीपिका पादुकोण र रणवीर सिंहले सात वर्षसम्म एक अर्कासँग प्रेमसम्बन्धमा रहेर विवाह गरेका थिए । रणवीर सिंहले दीपिकाको तनाव कम गर्न निके सहयोग गरेका थिए ।