Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नजिक

Sunday, September 20, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा १० लाख नजिक पुगेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।