Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नजिक

Sunday, September 20, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा १० लाख नजिक पुगेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।