Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ड्रग र्‍याकेटस् नायिका रागिनीले पिसाबमा पानी मिसाएको खुलासा

Monday, September 14, 2020 National Power

एजेन्सी-स्यान्डलवुड ड्रग र्‍याकेट मामिलामा सेप्टेम्बर चारमा पक्राउ कन्नड नायिका रागिनी द्विेदीले मेडिकल परीक्षणमा छेडछाड गर्ने कोसिस गरेकी छिन् । प्रहरी स्रोतका अनुसार ड्रग परीक्षणका लागि आवश्यक युरिन स्याम्पलमा नायिका रागिनीले पानी मिसाएर त्यसलाई खराब पार्ने कोसिस गरेकी छिन् ।ड्रग परीक्षणका लागि रागिनीलाई बेंगलुरुको केसी अस्पताल पुर्याइएको थियो जहाँ उनले आफ्नो पिसाब दिनुपर्ने थियो ।

तर प्रहरी स्रोतका अनुसार रागिनीले पिसाबमा पानी मिसाएर त्यसलाई बिगारेकी छिन् । प्रहरीले स्याम्पल खराब भएको थाहा पाएपछि उनलाई पुनः स्याम्पल दिन भनियो । दोस्रोपटक भने रागिनीले त्यस्तो कुनै बदमासी नगरुन् भन्ने कुराको प्रहरीले सुनिश्चित गर्यो । प्रहरीले अनुसन्धानका लागि रागिनीको कपालको स्याम्पल पनि लिएको छ र हैदराबादको ल्याबरेटरीमा यो स्याम्पल पठाएको छ ।

प्रहरीका अनुसार यो परीक्षणमार्फत् संदिग्धले पछिल्लो ४–५ महिनामा ड्रग लिएको छ छैन भनेर पत्ता लगाउन सकिन्छ । यो स्याम्पलले अनुसन्धान गरिरहेको समूहलाई महत्वपूर्ण सुराग दिने अनुमान गरिएको छ । यो मामिलामा रागिनीबाहेक आरटीओ क्लर्स रवि शंकर, इन्टेरियर डिजाइनर राहुल, पार्टी होस्ट विरेनलाई प्रहरीले पक्राउ गरिसकेको छ । गिरफ्तारीपश्चात् अदालतले नायिकालाई ३ दिनको लागि हिरासतमा पठाएको थियो जहाँ भिडियो कन्फरेन्सिङमार्फत् उनलाई अदालतमा पेश गरिएको थियो । प्रोटोकल अनुसार उनलाई मेडिकल चेकअपका लागि पठाइएको छ ।

कन्नडको स्यान्डलवुड इन्डष्ट्रिमा ड्रगको प्रयोगबारे केन्द्रीय अपराध विभागले अनुसन्धान गरिरहेको छ । कन्नड फिल्म इन्डष्ट्रि ‘स्यान्डलवुड’ मा व्याप्त ड्रग र्‍याकेटबारे त्यतिबेला पर्दाफास भयो जब दिवंगत पत्रकार गौरी लङ्केशका भाइ इन्द्रजीत लङ्केशले ड्रग्समा केही कलाकारको सहभागिताबारे जानकारी दिए । फिल्म निर्माताले मिडियासँगको कुराकानीमा कन्नड नायक चिरञ्जीवी शर्जाको मृत्युबारे कुरा गर्दा कन्नड फिल्मी उद्योगका उदीयमान थुप्रै कलाकारले प्रतिबन्धित पदार्थको सेवन गर्ने बताएका थिए ।