Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि

Sunday, September 13, 2020 National Power

काठमाडौं ।-जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् ।

पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् । सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् ।

ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् ।

‘म तपाईसँग अब अरु फाइनल खेल्न चाहन्छु । मैले साँच्चै यसमा इन्जोए गरिनँ । यो मेरो लागि साँच्चै कठिन म्याच थियो,’ ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘यो मेरो लागि साँच्चै प्रेरणादायी रह्यो किनकी म सानो हुँदा तपाईको खेल हेर्ने गर्थें । मैले धेरै सिकेँ, त्यसैले धन्यवाद ।’

पुरुषतर्फको उपाधिका लागि डोमिनिक थिएम र एलेक्जान्डर जेभरेभबीच प्रतिस्पर्धा हुनेछ ।