Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

करणीपछि गर्भधारण गरेकी बालिकालाई गर्भपतन गर्न लगेका युवक पक्राउ

Saturday, September 12, 2020 National Power

धादिङ-आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई पटक पटक घरमा बोलाएरर ललाइ फकाइ बलात्कार गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बालिकालाई महिला सुरक्षा घर सेफ हाउस मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको खबर आजको समाचार पत्रले जनाएको छ ।