Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोनाविरुद्धको रुसी भ्याक्सिन प्रयोगको अन्तिम तयारीमा

Saturday, September 12, 2020 National Power

एजेन्सी- कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा छ । स्पुतनिक भी नाम दिइएको भ्याक्सिन रुसका विभिन्न क्षेत्रमा धमाधम पुर्याइन थालिएको छ । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो लट रुसको विभिन्न प्रान्तमा लगिएको छ । अब भ्याक्सिन सर्वसाधारणलाई लगाइनेछ । जोखिममा रहेकालाई प्राथमिकतामा राखेर भ्याक्सिनको प्रयोग गरिने जनाइएको छ ।

११ अगष्टमा अनुमोदन गरिएको भ्याक्सिन सेम्टेम्बरमा प्रयोग गरिसक्ने भनिएको छ । यसका लागि विभिन्न प्रक्रिया बाँकी रहेकाले समय लागेको हो । रुसी भ्याक्सिन अनुमोदन भएको सँसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो ।