कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् । यहि भदौ महिनाको ५ दिन अघि चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् ।
धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान ९ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालमा पुरयाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोािटीलाई जानकारी दिए ।