Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

Wednesday, September 9, 2020 National Power

काठमाडौं -चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए ।

४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् ।

गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए ।

गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए