Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नक्कली नागरिकताको आरोपमा उद्योगी पक्राउ

Wednesday, September 9, 2020 National Power

हेटौंडा -नागरिकता लिँदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका एक उद्योगी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) नागरिकता मुद्दामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा–५ गदोईस्थित उनको उद्योगबाट पक्राउ गरिएको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप रहेको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेका उनलाई रौतहट पठाइएको छ ।

‘रौतहट प्रहरीले नागरिकता सम्बन्धमा अनुसन्धान गर्न विप्लप कान्ति ९विके बोस० लार्ई पक्राउ गरी पठाउनको लागि अनुरोध गरे बमोजिम मकवानपुर प्रहरी मार्फत, आवश्यक स्वास्थ्य अवस्था जाँच गरी रौतहट प्रहरीको जिम्मा लगाएका छौं’, थप अनुसन्धान रौतहटबाट हुनेछ नायब उपरीक्षक रानाले भने ।

बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दोइमा रहेको नारायणी मिल्कका सञ्चालक हुन् । जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार बोसले २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट वंशजको नागरिकता लिएका थिए ।

उनको नागरिकतामाथि छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपश्चात गृहमन्त्रालय हुँदै प्रशासन कार्यालयमा जानकारी आएको थियो ।

बोसले २०६३ चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुलेको छ । उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रचार गरेको थियो ।