Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड

Wednesday, September 9, 2020 National Power

काठमाडौं – म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । २९ वर्षीय ब्रुएनाले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताउँदै प्रशंसा गरे । ब्रएनाले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’ अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु सम्मान भएको उनले बताए । उनले भने, ‘यो मेरो लागि ठूलो सम्मान हो ।’

ब्रुएनाले गत सिजन १३ गोल गर्नुका साथै २० गोलका लागि अवसर सिर्जना गरेका थिए । उनी सन् १९७३–७४ पछि सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी बने । ब्रुएनाले यस अवार्डका लागि लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै टिमका रहिम स्टर्लिङलाई पछि पारे ।

महिला वर्ष खेलाडीको अवार्ड बेथलाई

यस्तै चेल्सीकी बेथ इङ्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मद्दत गरेकी थिइन् ।लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फको युवा वर्ष खेलाडीको अवार्ड प्राप्त गरे । लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि जिताउन उनले भूमिका खेलेका थिए । म्यान्चेष्टर युनाइटेड र इङ्ल्याण्डका फरवार्ड मार्कुस रासफोर्डले पीएफए मेरिट अवार्ड हात पारे ।

पीएफए टीम अफ दि इअरमा लिभरपुलका ५ खेलाडी

पीएफए टि अफ दि इअरमा भने च्याम्पियन लिभरपुलका खेलाडी बर्चस्व छ । लिभरपुललाई उपाधि जिताउँदाका कप्तान जोर्डन हेन्डरसनसहित डिफेण्डहरु आर्नोल्ड भान डाइक र एन्डी रोवर्टसन र फरवार्ड साडियो माने वर्ष टिममा परेका छन् । यस्तै लिग उपविजेता म्यानचेष्टर सिटीबाट केभिन डे ब्रुएना र डेविड शिल्भा परेका छन् । आर्सनलबाट फरवार्ड पिएरे एमरिक, ओबामेयाङ, लेस्टर सिटीबाट फरवार्ड जेमी भार्डी र डिफेन्डर काग्लार सोएन्चु तथा बर्नलीका गोलकिपर निक पोप वर्ष टिममा अटाएका छन् ।