Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बेल्जियमको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो

Wednesday, September 9, 2020 National Power

काठमाडौं – युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को समूह २ को खेलमा बेल्जियमले शानदार जित हात पारेको छ । खेलमा अग्रता आइसल्याण्डले लिए पनि बेल्जियम ५-१ ले विजयी भयो । यसै समूहको अर्को खेलमा इंग्ल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ ।

११औं मिनेटमा होमबर्ट फिडजोनसनले गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । १३औं मिनेटमै एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए । १७औं मिनेटमा मिचु बातसुईले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बेल्जियमले थप ३ गोल गर्‍यो । ५०औं मिनेटमा ड्राई मर्टेन्सले गोल गेपछि बेल्जियमले ३-१ को अग्रता लियो । बात्सुईले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि बेल्जियमले ५-१ को जित हात पारेको हो । लगातार दुई जितपछि ६ अंकसहित बेल्जियम समूहको शीर्ष स्थानमा छ । ४ अंक जोडेको इंग्लयाण्ड दोस्रो स्थानमा छ ।