Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अब निषेधाज्ञा हट्ने

Wednesday, September 9, 2020 National Power

काठमाडौं- कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । रोकथामका अन्य उपाय अपनाएर बढ्ने गरी निषेधाज्ञा जारी नगर्ने भएको हो ।

निषेधाज्ञा र लकडाउने भोकमरी र अन्य समस्या बढ्ने खतरालाई दृष्टिगत गरी निषेधाज्ञा जारी नगर्ने भएको हो । दशैं र तिहार नजिकिदै गर्दा झन् समस्या बढ्ने भएकाले रोकथामका लागि भौतिक दुरी कायम गर्ने देखि पसल व्यवसाय निश्चित समयका लागि खोल्न दिने योजनासहितको तयारी भएको हो । आज नै यसबारे निर्णय हुने भएको छ ।

हिजो काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी गृह मन्त्रालयमा छलफल समेत गरेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेको संयुक्त बैठक बसी गृहमा सुझाव दिएका थिए । उनीहरुले जनप्रनितिनिधि लगायत सुरक्षासम्वद्ध अधिकारीहरुको सुझावका आधारमा निष्कर्ष निकालेको बुझिएको छ । सिडिओहरुबीच नै निषेधाज्ञा खुकुलो बनाउने या नलगाउने विषयमा फरक मत देखिएको विश्वस्त स्रोतले बताएको छ ।

आज मध्यरातबाट निषेधाज्ञाको अवधि सकिदैछ । त्यसका लागि थप्ने कि नथप्नेबारे छलफल भएको हो । कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा जारी गरिएपनि भोकमरीको खतरा बढेको छ । रोगले भन्दा भोकले मृत्यु हुने भन्दै सर्वत्र निषेधाज्ञा खोल्न दबाब बढ्न थालेको छ ।