Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड

Wednesday, September 9, 2020 National Power

एजेन्सी – अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका वकिललले जमानतको माग गरिरहेका थिए ।

अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो । सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले पहिले नै गिरफ्तार गरिसकेको छ । एनसीबीले यो मामिलामा रियासमेत अन्य १० जनालाई पक्राउ गरिसकेको छ । रियाको गिरफ्तारीपछि बलिउडका थुप्रै मानिसहरु उनको समर्थनमा आएका छन् ।

रिया मंगलबार कालो रङ्गको टिसर्ट लगाएर एनसीबीको अफिस पुगेकी थिइन् । त्यसमा लेखिएको थियो, ‘गुलाब रातो हुन्छ, भोएलेट्स (एक प्रकारको फूल) निलो हुन्छ, आउनुहोस् तिमी हामी मिलेर पितृसत्तालाई ध्वस्त पारौं ।’

उनको यो फोटो सोसल मिडियामा भाइरल भयो तर फिल्म जगतका थुप्रै हस्तीले आफ्नो इन्स्टाग्राम पेजमा त्यो सेयर गरे । थुप्रैले ३वगकतष्अभायचचजभब र ३क्mबकजएबतचष्बचअजथ ह्याशट्याग पनि चलाइरहेका छन् । फिल्म जगतबाहेक अमिताभ बच्चनकी छोरी श्वेता बच्चन र प्रीतिश नन्दीले पनि रिया चक्रवर्तीको समर्थन गरे । थुप्रै पत्रकारले पनि रियाको समर्थन गरिरहेका छन् ।