Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चिरन्जिवी र एलिनाको ‘मायालु तिमी मेरो’ गीत सार्वजानिक

Tuesday, September 8, 2020 National Power

काठमाडौं – लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक चिरञ्जीवी भण्डारी र पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान यतिबेला ‘मायालु तिमी मेरो’ भन्दै एकसाथ भेटिएका छन् । प्रसंग नयाँ गीतको हो । गायक चिरन्जिवी भण्डारी प्रेमील गीत ‘मायालु तिमी मेरो’ लिएर आएका छन् । उनलाई स्वरमा साथ दिएकी छिन् एलिना चौहानले ।

प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक चिरन्जिवीले नै संगीत भरेका छन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् भने मिक्सिङ कृष्ण महर्जनको रहेको छ ।

मायाप्रेमभित्रका गहिराईमा गीतका भावहरु डुबेको छ । सुन्दा सबैले एकछिन आफूलाई आनन्दित बनाउँछन् । सार्वजनिक भएको छोटो समयमा नै धेरैको मन जितेको छ ।

समयअनुकल म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । कोरोना भाइरसका कारण बाहिर जानसक्ने अवस्था छैन तर एउटा सांगीतिक समूह बनाएर एकै ठाउँमा भिडियोलाई सकिएको छ । भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन् । भिडियो चिरन्जिवी भण्डारी यूट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा चिरन्जिवी भण्डारी र एलिना चौहान नै देखिएका छन् ।