Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

माक्स लगाउन सम्झाउँदा प्रहरीमाथि हातपात

Tuesday, September 8, 2020 National Power

सप्तरी- प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सुरूङगा नगरपालिका कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा अर्जुन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले ज. ११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकोले सम्झाई बुझाई गर्दा प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दुःख दिने गरेको भनी विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपात समेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरेको जनाएको छ ।

साह नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको बुझिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।