Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ नाघ्यो

Tuesday, September 8, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ९६ हजार आठ सय ६० पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९५ लाख ८७ हजार पाँच सय ३५ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजार पाँच सय ३४, ब्राजिलमा एक लाख २७ हजार एक, भारतमा ७२ हजार आठ सय १६, मेक्सिकोमा ६७ हजा सात सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।