Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कंगनाको अफिस पुग्यो बीएमसीको समूह, ट्वीटमा भनियो – तोडफोड हुनसक्छ

Tuesday, September 8, 2020 National Power

एजेन्सी – अभिनेत्री कंगना रनौतको मुम्बईको पाली हिलस्थित कार्यालयमा बीएमसीको एक समूह सोमबार पुगेको छ । कंगनाले ट्वीटमा भनिन्, ‘यो मुम्बईमा मणिकर्णिका फिल्म्ज्सको कार्यालय हो जुन मैले १५ वर्ष मिहिनेत गरेर कमाएको हुँ । मेरो जीवनमा एउटै सपना थियो कि जब म फिल्म निर्माता बनूँ तब मेरो आफ्नै कार्यालय होस् तर यस्तो लाग्छ कि मेरो यो सपना टुट्ने बेला आएको छ । आज त्यहाँ अचानक बीएमसीका केही मानिसहरु आएका छन् । उनीहरुले जबर्जस्ती मेरो अफिसमा भएको सबैकुरा मापन गर्न थाले । उनीहरुले छिमेकीलाई पनि तनाव दिए र भने, ‘त्यो म्याडमको कर्तुतको परिणाम सबैले भोग्नुपर्नेछ ।’ मैले जानकारी पाए अनुसार उनीहरुले त्यहाँ मेरो सम्पत्ति तोडफोड गर्नेछन् ।’

साथै बीएमसीकै अर्का एक वरिष्ठ अधिकारीसँग पनि कुराकानी गरियो । उनले पनि नाम नबताउने शर्तमा भने, ‘भिडियोमा त बीएमसीकै मानिसहरु देखिएका छन् तर उनीहरु किन गएका थिए भनेर आधिकारिक सूचना हामीसँग छैन ।’

हालै कंगना रनौतले मुम्बईमा उनले आफूलाई सुरक्षित महसुस गर्न नसक्ने बताएकी थिइन् । कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेकी थिइन् जसका कारण महाराष्ट्रका मुख्यमन्त्री अनिल देशमुखदेखि शिवसेनाका नेता र राज्यसभाका सांसद संजय राउतले कंगनामाथि निशाना साँधेका थिए ।