Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

मनोवैज्ञानिक आतंक नफैलाउ: प्रधानमन्‍त्री ओली

Monday, September 7, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस कोभिड-१९को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, करिब अढाई घण्टासम्म चलेको छलफलको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं साझा भएको बताएका छन्। उनले यसको नियन्त्रण गर्न र अर्थतन्त्र विनाशबाट जोगाउन सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।

‘कोरोना विरूद्दको लडाईं साझा हो। यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ’, ओलीले भने, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ।’

प्रधानमन्त्री ओलीले व्यवसायीलाई सरकार केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे। प्रधानमन्त्रीसँगको छलफलमा निजी क्षेत्रको नेतृत्वकर्ताको रुपमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए।

छलफलमा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोधसमेत प्रधानमन्त्रीसमक्ष गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।