Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ मध्ये ६ जनालाई कोरोना पुष्टि

Monday, September 7, 2020 National Power

 

ललितपुर- ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पुल्चोकमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार कोरोना भाइरसको संक्रमण थपिएको थियो । त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।