Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बुद्धनगरमा सैलुन सञ्चालक मृत भेटिए

Monday, September 7, 2020 National Power

काठमाडौं – काठमाडौं-१०, बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।

आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ ।

हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले  बताए । उनले भने, ‘अब पोष्टमार्टमपछि नै विस्तृत कारण खुल्नेछ ।’बाराको निजगढ स्थायी घर भएका ठाकुर एक दशकदेखि बुद्धनगरमा सैलुन चलाउँदै आएका थिए ।