Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राजनीतिक स्थायित्व माथि नै प्रश्न चिन्ह खडा

Monday, September 7, 2020 National Power

लेखकः डा.डीआर उपाध्याय

लेखक – डा. डिआर उपाध्याय

कोरोना भाइरस (कोभिड-19)को रोकथाम र नियन्त्रण गर्न भन्दै पहिला लकडाउन र पछि निषेधाज्ञा साथै कुनै क्षेत्रमा सिल गरिएको छ । विगत ६ महिनादेखि यो कहरका कारण आम मानिसको दैनिकी ठप्प हुने अवस्थामा पुगेको छ । कोरोना कहरसँग सामुहिक लडाई लडनुपर्ने अवस्थामा देशको राजनीनि भने तरंगित भइरहेको छ । कहिले के त कहिले के विषयमा देशको राजनीति तंरगित हुने गरेको छ । जनचासोका विषय भन्दा आपसि खिचातानी र अनेक बखेडामा राजनीति हुने गरेको छ । आम जनाताको कहरमा राहत पुग्न सकिरहेको छैन् । दिनानुदिन जीवन कष्टकर बनिरहेको छ ।

यस्तैमा पछिल्लो समयमा आएर मन्त्रिपरिषद हेरफेर हुने कुराले चर्चा पाएको छ । कोरोना भाईरसको जोखिम बढिरहेको र यससँग सामूहिक लडाई लडनु पर्ने बेलामा मन्त्रिपरिषद हेरफेर गर्ने कुराले बेमौसमी बाजा बजिरहेको अनुभूति भईरहेको छ । यति बेला सर्वसाधरण जनताको चुल्हो निभिइरहेको अवस्था छ । बिहान, बेलुकाको छाक टार्ने समस्याले सर्वसाधारण तनावमा छन् । रोगले भन्दा भोकले उनीहरूलाई पिरोलीरहेको छ । राज्यको उपस्थिती खासै प्रभावकारी ढङ्गले हुन सकिरहेको छैन् । सरकारकारी जागीर खाने र सरकारी तलव भत्ता बुझनेको बाहेक अरुको समस्या बिकराल बन्दै गएको छ ।

कोरोना भाईरसको कारण धेरैको रोजी राटी खोसिएको छ । देशको उद्यद्योग धन्दा सवै ठप्प छन । यो नै सवै भन्दा समस्या र चिन्ताको बिषय हो । यतिखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र को मन्त्रि बन्र्ने र कसलाई मन्त्रि बनाउने भन्र्ने बिषयमा नै ध्यान केन्द्रित छ । नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा प्रवेशलाई लिएर अनेक टीकाटिप्पणी भइरहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गौतम पराजित हुनु भएको थियो । अहिले संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा प्रवेश पाउने निश्चित भएको छ । यस कुराले राजनीतिक स्थायित्व माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

संविधानसभाबाट संविधान बनाउने बेला राजनीतिक दलले जे बाँचा गरेका थिए, ती बाँचा अझै कार्यान्वयन हुन सकेका छैनन् । नागरिक समाज र सचेत वर्गले अव सोच्नु पर्ने बेला आएको छ । त्यतिबेला प्रमुख तीन दलले राजनीतिक स्थायित्व दिने भन्दै परम्परागत संसदीय प्रणालीमा सुधारको प्रतिबद्धता जनाएका थिए । खै कार्यान्वयन गरेको रु

संविधान बनेको पाँच वर्ष नबित्दै संविधानको मर्म र भावनाविपरीतका गतिविधि हुन थालेका छन् । यो जनतालाई स्वीकार्य हुन सक्दैन । जनताका प्रत्यक्ष मतबाट पराजित भएकाहरूलाई संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्य हुँदै मन्त्रि बनाउने खेल सुरु भएको छ । यस्ता गतिविधिले राजनीतिक स्थायित्व माथि नै प्रश्न उठनु स्वाभाविक हो । प्रत्यक्ष निर्वाचन हारेकाहरूको राष्ट्रियसभा प्रवेशले संसद्कै गरिमामा आँच पुग्ने निश्चित छ । यो लोकतन्त्र र जनमतको अपमान हो ।

राजनीतिक खिचातानी र सत्ता जोडघटाउमा लाग्ने बेला यो होइन । विकृतिको पुनरावृत्ति हुन थालेको छ । राजनीतिप्रति जनतामा थप वितृष्णा बढ्ने खतरा देखिएको छ । जनभावना र मतको कदर गर्नु पर्छ । मुलुकमा अराजकता, विकृति र विसङ्गति रोक्ने काममा सत्तारुढ दल नेकपा अघि बढनुपर्छ । राजनीतिलाई कुरूप बनाउने खेलमा कोही लाग्नु हुदैन । राजनीतिप्रति जनताको आस्था र विश्वास गुम्न दिनु हुँदैन । त्यसो भयो भने लोकतान्त्रिक व्यवस्था नै गुम्ने खतरा हुन्छ ।
विगतमा सांसद खरिद बिक्री, सत्ता र शक्तिको पदलोलुपताले संसदीय व्यवस्थाको के हालत भयो रु बिगतबाट सवैले पाठ सिकौं । ०४६ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेनन् । राजनीतिक जोडघटाउ नै मुख्य कारण हो । सत्ताखिचातानीले ३१ वर्षमा २५ प्रधानमन्त्री भए । यी कुरा हामी भोग्दै आएका छौ ।

राजनीतिक स्थायित्व, सुशासन, कानुनी राज, लोकतान्त्रिक व्यवस्था, सामाजिक रूपान्तरण र आर्थिक समृद्धि नै अहिलेको आबश्यकता हो । यो दिशामा सरकार अघि बढनु पर्छ । संविधानको मूल्य र मान्यता बिपरित कोही जानु हुँदैन ।