Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चन्द्रगिरीमा बाबु–आमालाई चक्कु प्रहार, छोरा पक्राउ

Sunday, September 6, 2020 National Power

काठमाडौँ – चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् । शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाए ।

चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ । दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।