Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

१० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

Sunday, September 6, 2020 National Power

सर्लाही – इलाका प्रहरी कार्यालय बरथवहा, सर्लाहीले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको हो ।

कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी सर्लाही बसबरिया गाउँपालिका–१ र धनकौल गाउँपालिका– ३ स्थितमा मानिसहरुले अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको डीएसपी उद्धव सिंह भाटले बताए ।

तयारी अवस्थाको १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको डीएसपी भाटले जानकारी दिए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको ४७ थान ड्रम, २ थान हण्डी, सिलिण्डरलगायतहरु सामानहरु पनि बरामद भएको छ ।’

डीएसपी भाटका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइ कारवाही गरिनेछ । भारतको बिहारमा मदिरा निषेध भएकोले नेपालबाट सिमापारी अवैध घरेलु मदिरा तस्करी हुने गरेको एक स्थानीयले बताए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ ।

मदिरासहित बरामद गरिएका भाँडाकुडा प्रहरी कार्यालयमै राखिएको छ । डीएसपी भाटले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।