Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

साहुहरुलाई ऋण उठाउने बाटो खुल्यो तर कमाएर तिर्ने गरिबको बाटो खुलेन

Sunday, September 6, 2020 National Power

काठमाण्डौ – कोरोनाको कहर विश्वभर फैलिसके पछि रोजगारीको शिलशिलामा विदेश पलायन भएका लाखौँ यूवाहरु स्वदेश फर्केका छन् । नेपालीहरुको प्रमुख गन्तव्य भनेको पहिलो भारत हो र भारत पछि पछिल्लो पुस्ताका युवाहरुको लागि खाडी मुलुकहरु, कतार, दुवई, साउदी, लेवनान, मलेसियालगायत मुलुकमा जान थालेका छन् तर सबै भन्दा विदेशीनेमा भारतमा धेरै नेपालीहरु छन् । सानो बालक देखी युवा हुदै बृद्ध सम्म रोजगारको लागि भारत छिर्नेहरुको संख्या अन्य मुलुकको तुलनामा दोब्बर रहेको छ । कारोनाले गर्दा लाखौँ युवाहरुले रोजगार गुमाएर स्वदेश फर्केका छन् । कोरोनाको नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा विभिन्न देशहरुमा रोजगारि गुमाएर अलपत्र परेका नेपालीहरु विभिन्न माध्यमबाट नेपाल त भित्रिए तर जसको रोजगारिमा पुरा परिवार चलेको थियो उनै रित्तोहात फर्के पछि परिवार धान्नै गाह्रो भएको छ । गाउँमा कुनै काम पाउन सकेका छ्रनन् । काम नभएपछि छाक टार्नै हम्मे हम्मे हुन थालेको छ । गाउँमा रोजगारिको माध्य छैन । कुनै कलकारखान तथा उद्योग धन्दा छैनन् । भएको त्यहि एउटा कृषि पेशा हो त्यो पनि आधुनिकिकरण हुन सकेको छैन । नेपाल एक विकाशोन्मुख राष्ट्र हो । यहाँ विकट हिमाल पहाड र कुना कन्दराहरु छन् ।

जहाँ कुनै विकाशको दियो बल्न सकेको छैन । रोजगारी श्रृजना हुन सक्ने कुनै सम्भावित स्रोत साधनहरु उपलब्ध हुन सकेको छैन । वर्ष भरि काम गरेर ३ महिना खानलाई नपुग्ने पुरानै परम्परागत कृषि प्रणालीले दुःख मात्रै गर्ने सुखको कुनै सपना देख्न नपाईने अवस्था अझै कायमै छ । छोरो ठुलो होला र विदेशजाला दुई पैसा कमाएर हामीलाई पाल्ने छ भन्ने आशामा गाउँघरमा बसेका बाबुआमाको अगाडी रोजगार विहिन भएर छोरो फर्कदा एकातिर कोरोनाको डर अर्को तिर भोकमरिको डरले सताई रहेको छ । चैत्र ११ गते देखी गरिएको लकडाउनले गर्दा साँझ विहान दुःख गरेर छाक टार्ने वर्ग पनि सबै भन्दा मारमा परेको छ । लाखौको संख्यामा गाउँघरमा फर्केका युवा जमात बेरोजगार भएर फ्रष्टेसनमा जान थालेका छन् । ऋण काढेर विदेश गएको दुई महिना नपुग्दै फर्कनुपर्दा झन सहनै नसक्ने पिडा भएको छ । एकातिर साहुको ऋण अर्को तिर भोकमरी र कारोना, जताततैबाट थिचिदा यो जमातले गलत कदम उठाउन बाध्य हुन नसक्लान भन्न सकिने अवस्था छैन ।

नेपाली जनताको सेवाका लागी भन्दै सिंहदरवार छिरेको सरकारले केही राहत ल्याउला केही राहत ल्याउला भन्दा भन्दै ५ महिना कटाएर लकडाउन खोलेको घोषण गर्दै साहुहरुलाई ऋण उठाउने बाटो खोली दियो तर कमाएर तिर्ने गरिबको बाटो खोलेन । साँझ विहान के खाउँ भन्ने पिरलोमा तड्पिरहेको मान्छेले कसरी लाखौँको ऋण तिर्न सक्छ ? यसको हेक्का सरकारलाई कहिले भएन । अमेरिका, वेलायत, चिन, ईटली लगायत राष्ट्रहरुले लकडाउन गरे तर जनतालाई चाहिने सम्पुर्ण सेवा सुविधाहरु दिएर राखे नेपाल सरकारले लकडाउन गर्यो जनतालाई कोरोना भन्दा भोक र शोकले मर्न बाध्य गरायो । कोरोना भई हाले अझै बढी स्याहार गर्नु पर्ने ठाउमा छि छि र दुर दुर गर्दै कैयौं युवाहरुले अकालमै ज्यान गुमाए । के यसको जिम्मेवार सरकार बन्छ त बन्दैन कदापी । मान्छे ले मान्छेलाई पहिला बचाउने अनी मात्रै हिसाव किताव गर्ने हो तर यहाँ त्यसो हुन सकेको छैन । नेपालमा मरे मरोस तर मेरो ऋण तिरेर जाओस भन्ने क्रुर तानाशाही सोचले गर्दा कोरोनाको माहामारि फैलनु पुर्व नै युवाहरु व्यरोजगारी भोकमरी र फ्रष्टेसनको शिकार भएका छन् ।

जनताको तमासा हेर्दै बस्नेकी कुनै स्वरोजगारका कार्यक्रमहरु पनि ल्याउने सरकार ? गाउघरमा भएको एउटा त्यही कृषि खेती गरेर जेनतेन गुजारा गरौँ भन्दा समयमा मल विउविजन पाईदैन दुःख गरेर उव्जाउ गरिहालेमा विक्रि वितरण गर्न बजार पाईदैन । गाउँघरको उत्पादित बस्तु कुहेर जान्छ तर ईण्डियाबाट विषादी छर्केको बस्तुले बजार पाउँछ यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ? अनि कसरी कृषि पेशामा आकर्षण बढोस ? विदेशबाट फर्केको युवा जमातलाई यति वेला सरकारले नेपालको विकाशमा लगाउन सके साच्चिकै समृद्धि आउने थियो । स्थानिय तह र स्थानिय सरकारले विकाश निर्माण, पशुपालन कृषि लगायतका कुराहरुमा प्राथमिकता दिएमा स्वदेशमै रोजगारीका अवसरहरु श्रृजना गर्न सकिन्छ ।

युवाहरुलाई विकास निर्माणका काममा लगाएर रोजगारी दिने, कृषि, पर्यटनलगायत क्षेत्रमा स्वरोजगार बनाउने, उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने, औद्योगिक लगानीमा सहजीकरण गर्ने, लगानी जुटाई दिने लगायत कार्य प्रदेश र स्थानीय तहहरुले गर्न जरुरी छ । यहाँ उत्पादनमुलक उद्योगको संभावना धेरै छ । भारतबाट बढी आयात हुने कृषि उपजको तथ्यांकका आधारमा, आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादनमा लगाउनुपर्छ । सरकारले नेपालका विभिन्न ठाउहरुमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा धेरै अगाडि गरेको थियो तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । स्वदेश फर्केका युवाहरुलाई स्वदेशमै रोजगारी दिएर यहाँको विकास र समृद्धिका लागि पनि औद्योगिक क्षेत्र स्थापनाको सरकारको निर्णय कार्यान्वयन हुनुपर्छ । औद्योगिक क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई पनि प्रदेश सरकारले प्रोत्साहन गर्नुपर्छ ।


Kamala Joshi (Editor)