Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ

Sunday, September 6, 2020 National Power

आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने रु के असल, के खराब रु कुराले जीवनलाई श्रेष्ठ बनाउँछ रु के कुराले जीवन नष्ट गर्छ रु जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् ।

–हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ ।–पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो ।

–खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।

–भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।

–पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।

–त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।

–संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।

–पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।

–अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।

–ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।

–खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।

–कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।

–यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।

–केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।

–जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।

–तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।

–सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।

–क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।

–जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।

–जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।

–सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।

–संसारमा सबैकुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन ।
–खुसीबाट सन्तुष्ट मिल्छ, सन्तुष्टबाट पनि खुसी मिल्छ । तर, यसमा धेरै फरक के छ भने खुसीले थोरै समयका लागि सन्तुष्ट मिल्छ । जबकी सन्तुष्टिले सधैका लागि खुसी दिन्छ ।