Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सुशान्त आत्महत्या प्रकरणमा रियाको भाई र म्यानेजर हिरासतमा

Sunday, September 6, 2020 National Power

एजेन्सी-    सुशान्त  सिंह राजपुतको मृत्युको केसमा अनुसन्धानको क्रममा लागुऔषध नजिक आएपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हिरासतमा लिएको छ । शोविक र सैमुअलको एनसीबीले आमन्ने सामन्ने राखेर सोधपुछ गर्नेछ । शनिबाार बिहान एनसीबीको टोलीले रिया र सैमुअलको घरमा छापा मारेको थियो । दुवैजनालाई एकै समयमा एनसीबीले खोजी गरी नियन्त्रणमा लिएको हो ।

१७ मार्च २०२० मा शोविक र सैमुअल मिरान्डाबीच च्याटिङ भएको थियो । उक्त च्याटमा शोविकले जैद मिलात्राको नाम सैमुअललाई दिएका थिए । सैमुअलले जैदलाई १० लाख रुपैयाँको ५ सय ग्राम ड्रग्स खरिद गर्न भनेका थिए । यसपछि सैमुलले जैदसँग सम्र्पक गरे । यसै च्याटको आधारमा एनसीबीले अनुसन्धान गरिरहेको छ ।

उल्लेखनीय विषय सुशान्त सिंहको निधनको केसलाई सीबीआई, एनसीबी र ईडीले एकैपटक अनुसन्धान गरिरहेको छ ।