Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

युवराज खतिवडालाई सबै मन्त्रालय हेर्ने सल्लाहकार बनाईदै

Friday, September 4, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुन लागेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् । राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्दै छ ।

राजीनामा दिदै अर्थमन्त्री खतिवडा, आर्थिक सल्लाहकारमा नियुक्तिको सम्भावना अर्थमन्त्रालय आफैसँग राखेर खतिवडामार्फत चलाउने प्रधानमन्त्री ओलीको तयारी गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडा ‘डि(फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ।