Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कुनै ठूलो चोट सहनुभन्दा फरक रहेछ कोरोना संक्रमण

Thursday, September 3, 2020 National Power

एजेन्सी-हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि आफू र परिवारका सदस्यहरू कोरोना संक्रमित भएको र अहिले सबैजना निको भएको बताएका छन् । इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

मेरो श्रीमती लरेन, दुई छोरीहरु र मेरो कोरोना परीक्षण पोजिटिभ आएको थियो, इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, एउटा परिवारका लागि यी कुरा सामना गर्न चुनौतीपूर्ण र कठिन थियो । व्यक्तिगत हिसाबले पनि । कुनै ठूलो चोट, दुखाइ सहनुभन्दा फरक छ कोरोना पोजिटिभ देखिनु । मेरो लागि परिवारलाई सुरक्षित गर्नु पहिलो प्राथमिकता हो ।

परिवार नै संक्रमित हुनु दुःखको कुरा रहेको उनले बताएका छन् । मलाई मात्र कोरोना संक्रमण देखिएको भए हुन्थ्यो। तर त्यस्तो भएन । मेरो परिवार नै संक्रमित भयो । यो वास्तवमा पीडादायक नै छ । तर म खुसी छु कि परिवारका सबैजना अहिले कोरोनामुक्त भएका छन् । उनीहरूको स्वास्थ्य पनि राम्रो छ, उनले भने,सुरुको केही हप्ता दुई छोरीहरूको गलामा समस्या थियो । तर अहिले उनीहरु पनि सामान्य भएका छन् ।

क्वारेन्टाइनमा रहेका उनीहरुले मास्क लगाउन नछुटाएको उनले बताएका छन् । उनले भिडियोमार्फत सबैलाई सुरक्षित रहन सन्देश दिएका छन् । पूर्व व्यवसायिक रेस्लर तथा डब्लुडब्लुई स्टार ४८ वर्षीय जोनसनका द स्करपियन किङ, फास्ट एन्ड फ्युरियस र जुमान्जी फ्रेन्चाइज चर्चित छन् ।