Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एकपटक सडकमा आएर त हेर सरकार! भोक कस्तो हुन्छ ?

Thursday, September 3, 2020 National Power

लेखक – डा. डिआर उपाध्याय

खुलामञ्चभित्रको बसपार्क
छेउछाउमा उभिएका
भोका मान्छेहरू
सडकमा लस्करै थचक्क बसेका छन ।
सबैजसोको अनुहार उदास छ ।
थकित र भोकले गलेका छन ।
छेवैमा वीर अस्पतालको गेट छ ।
नजिकै त्यस्तै करिब दुई सय जना लस्करै
धुले भुइँमा थचक्क बसेका छन ।
निषेधाज्ञाका कारण
कामविहीन भएका
भोका मान्छेहरू
भोकभोकै परेका छन ।
सहर सुनसान छ ।
रत्नपार्कको छेउमा
निषेधाज्ञामा त्यतिका धेरै मान्छे
कुनै जुलुस वा धर्ना गर्न भेला भएका होइनन् ।
काठमाडौंका विभिन्न ठाउँबाट
प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका छन ।
टन्टलापुर घाम बिस्तारै ओइलाउँदै छ ।
तीन लहरमा बसेर खाना खाइरहेको
यो हूलभन्दा परतिर
अर्को त्यस्तै हूल जम्मा भइसकेको छ ।
कागजको प्लेट समातेर खानाको
प्रतीक्षामा बसेका भोका मान्छेहरू
गरिबीका कारणले अब कोही भोकै बस्नै पदैन,
भोकै मर्नुपर्दैन,
कसैलाई पनि भोकै मर्न दिइँदैन,
जाडोले कठ्यांग्रिएर कोही पनि मर्नुपर्दैन, भन्र्नेहरु हो ,
एकपटक सडकमा आएर त हेर ।
भोक कस्तो हुन्छ ?