Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान

Thursday, September 3, 2020 National Power

काठमाडौं – नेपाल क्रिकेट संघ ( क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ । अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो ।

यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको लागि पनि सूचना सार्वजनिक गरेको छ । यसबाहेक ७ प्रदेशमा स्थानियक प्रशिक्षक नियुक्त गर्नका लागि पनि क्यानले सूचनामार्फत आवदेन मागेको छ ।

मुख्य प्रशिक्षकका लागि इसीबी र सिए लेभल ३ क्रिकेट कोचिङ क्वालिफिकेसन भएको हुनुपर्छ। साथै आइसीसीको फुल मेम्बर फस्ट क्लास टिम एसोसिएट मेम्बरमा कम्तीमा ३ वर्ष प्रशिक्षण गरेको हुनुपर्छ । हरेक पदका लागि इच्छुक व्यक्तिहरुले यही सेप्टेम्बर २३ सम्म आफ्नो बायोडाटासहित उक्त पदका लागि आफू इच्छुक भएको पत्रसहित क्यानमा निवेदन पठाउन सक्नेछन् ।

साउन पहिलो साता बसेको क्यानको कार्यसम्पादन बैठकले विभिन्न पदका लागि आइसीसीसँग समन्वय गर्दै हक हप्तामै सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । तर पछि आइसीसीसँगको सल्लाहपछि क्यानले सूचना सार्वजनिक गर्न ढिलाइ गरेको हो ।