Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान

Thursday, September 3, 2020 National Power

काठमाडौं – नेपाल क्रिकेट संघ ( क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ । अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो ।

यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको लागि पनि सूचना सार्वजनिक गरेको छ । यसबाहेक ७ प्रदेशमा स्थानियक प्रशिक्षक नियुक्त गर्नका लागि पनि क्यानले सूचनामार्फत आवदेन मागेको छ ।

मुख्य प्रशिक्षकका लागि इसीबी र सिए लेभल ३ क्रिकेट कोचिङ क्वालिफिकेसन भएको हुनुपर्छ। साथै आइसीसीको फुल मेम्बर फस्ट क्लास टिम एसोसिएट मेम्बरमा कम्तीमा ३ वर्ष प्रशिक्षण गरेको हुनुपर्छ । हरेक पदका लागि इच्छुक व्यक्तिहरुले यही सेप्टेम्बर २३ सम्म आफ्नो बायोडाटासहित उक्त पदका लागि आफू इच्छुक भएको पत्रसहित क्यानमा निवेदन पठाउन सक्नेछन् ।

साउन पहिलो साता बसेको क्यानको कार्यसम्पादन बैठकले विभिन्न पदका लागि आइसीसीसँग समन्वय गर्दै हक हप्तामै सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । तर पछि आइसीसीसँगको सल्लाहपछि क्यानले सूचना सार्वजनिक गर्न ढिलाइ गरेको हो ।