Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘खेलकुद प्रशिक्षण सुरु गर्नुपर्छ

Wednesday, September 2, 2020 National Power

काठमाडौं – युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर दोस्रो सातादेखि इंग्ल्याण्ड र स्पेनको लिग फुटबल सुरु हुँदैछ । स्वास्थ्य नियम पालना गर्दै विनादर्शक यो सबै सम्भव भएको हो ।

यता नेपालमा भने अहिलेसम्म सम्पूर्ण खेलकुदको प्रशिक्षण ठप्प नै छ । २०७६ चैत ११ देखि सुरु भएको लकडाउनले गर्दा मारमा परेको नेपाली खेलकुद २०७७ साउनमा लकडाउन खुलेपछि मैदान फर्कने प्रयासमा थियो । तर कोरोना महामारीको संक्रमण संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भयो र खेलकुद प्रशिक्षण पनि पूर्ण रुपमा ठप्प बन्यो ।

एकातिर कोरोना महामारीले गर्दा खेलकुद गतिविधि ठप्प छ । अर्कोतिर प्रशिक्षण र खेल नभएकाले खेलाडीहरुमा चिन्ता बढिरहेको छ । खेलाडीहरु चिन्तित हुनु पनि स्वभाविक हो । देशको लागि खेल्ने, सबै कुरा त्यागेर खेलमै लाग्नेहरु अहिले प्रशिक्षण नभएकाले मानसिक तनावमा छन् ।