Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ठमेलका ३५ वटा होटल सधैँका लागि बन्द

Tuesday, September 1, 2020 National Power

काठमाण्डौ – पर्यटकको आकर्षक गन्तव्यस्थल मानिएको काठमाडौंको ठमेलका ३५ वटा होटल तथा रेष्टुरेन्ट सदाका लागि बन्द भएका छन् । लामो लकडाउन र निषेधाज्ञाका कारण घाटामा गएपछि व्यवसायीहरु होटल चलाउन नसक्ने अवस्थामा पुगेका हुन् । ठमेलमा सानाठूला गरी दश हजार व्यवसायी रहेको र ती मध्ये अधिकांशले व्यवसाय नै छोड्ने अवस्थामा पुगेका हुन् ।

लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय बन्द भएपछि ठमेल क्षेत्रका होटल रेष्टुरेन्ट व्यवसायीहरु समस्यामा परेका थिए। घरभाडा समेत तिर्न गाह्रो भएपछि ३५ वटा ठूलो होटल सदाका लागि बन्द भएका छन् भने अधिकांश बन्द हुने अवस्थामा पुगेको रेष्टुरेण्ट तथा एसोसियसन नेपालका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

अन्य क्षेत्रमा भन्दा ठमेलमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको व्यावसायीको गुनासो छ । ठमेलभित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिए पनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिँदा व्यावसायी मारमा परेको एक होटलका संचालक सन्दिप तिवारीले बताए ।

व्यवसायीका अनुसार नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेका छन् । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले लगानी पनि बढाएका थिए। घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरू यतिबेला सबभन्दा बढी समस्यामा परेका छन् । सरकारले पर्यटन व्यवसायीहरुलाई पुनकर्जा उपलब्ध गराउने भने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । ठमेलमा कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल रहेका छन् ।