Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

५० प्रतिशत छुटमा वडा बासीलाई कोरोना विमा गराउँदै पाँचखालका वडा अध्यक्ष

Sunday, August 30, 2020 National Power

 

पाँचखाल – कोरोनाको महामारी चलिरहेको वेलामा वडाबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै पाँचखाल नगरपालिका वडा नं २, ३, ४,५ र ९नं वडा अध्यक्षहरुले ५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।
रु १ लाखको विमाङ्क बराबरको विमा गर्न रु ६०० आवश्यक पर्ने भएपनि वडागत हिसावमा सिफारिस लैजाँदा ५० प्रतिशत अर्थात ३०० रुपैयामानै कोरोना विमा हुनेछ । पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरि खतिवडा, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा। वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटा र वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले न्यून आय स्तर भएका तथा आर्थिक अवस्थाकै कारण कोरोना विमा गर्न नसक्ने परिवारका सदस्यहरुको लागि सहयोग पुग्ने बताउनुभयो । वडा नं ९ का अध्यक्ष श्रेष्ठले शुरु गर्नुभएको विमा कार्यक्रम अन्य वडामा समेत शुरु भएको छ ।

पाँचखाल वडा नं ४ का वडा अध्यक्ष लामाले वडा भित्र रहेका अति विपन्न, एकल विधवा महिलाको हकमा आफ्नो व्यक्तिगत खर्चमा निशुल्क विमा गरिदिने जानकारी दिनुभयो ।