Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

फाइटर प्लेनको पाइलट बन्ने तयारीमा कंगना रनोट

Saturday, August 29, 2020 National Power

एजेन्सी  –  अभिनेत्री कंगना रनोटको फिल्म ‘तेजस’ को सुर्टिङ हुने घोषणा भएको छ । यो वर्षको डिसेम्बरबाट सुर्टिङ सुरु हुने भएको छ । कंगना रनोट अभिनित ‘तेजस’ एक साहसी र निडर फाइटर पाइलटको कहानी हो । भारतीय वायु सेना २०१६मा महिलाको लडाकु भुमिकामा सहभागी हुने देशको पहिलो रक्षा थियो, यहि ऐतिहासिक घटनाबाट यो फिल्म प्रेरित छ ।आरएसवीपीले आफ्नो सामाजिक सञ्जाल ट्विटरको एकाउन्टमा फिल्मको सुर्टिङ सुरु हुनेको आधिकारकि घोषणा गरेका हुन् र सुर्टिङको घोषणासँगै एक पोस्टर पनि सेयर गरेका छन्, जसमा कंगना फाइटर पाइलटको ड्रेसमा देखिएकी छिन् ।

कंगनाले पनि आफ्नो ट्विटर एकाउन्टमा पोस्टर सेयर गर्दै फिल्मको बारेमा जानकारी दिएका हुन् । ‘तेजस’ फिल्मलाई सर्वैश मेवाडाले निर्देशन गर्नेछन् भने फिल्मको निर्माता रानी सेक्र्युभालल रहेका छन् । रानीको यो दोस्रो फिल्म हो ।

फिल्मको बारेमा कुरा गर्दै कंगनाले वायु सेनाको पाइलटको भुमिका निभाउने सौभाग्य आफुलाई प्राप्त भएको बताइन् । यस्तो फिल्मको हिस्सा बन्न पाउदा सम्मानित महसुस भएको जानकारी दिदै यस पेशामा भएका पुरुष र महिलाहरु प्रति अत्यन्त्यै सम्मान बढेको पनि बताइन् । उनले सर्विस र राँनीसँग यात्रा गर्न पाउदा उत्साहीत भएको जानकारी दिएकी छिन् ।
जुलाईमा सुरु गरिने भनिएको यो फिल्म कोरोना भाइरसको कारण रोकिएको थियो । हाल भने अघि बढेको छ । अभिनेत्री कंगनाले भनिन्, ‘यो फिल्मले महिलाहरुलाई वायु सेनामा प्रवेश गर्न थप हौसला र प्रेरणा दिनेछ ।’