Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रियालाई सुशान्तकी दिदीको कडा जवाफः भनिन्, ‘यत्रो हिम्मत…’

Friday, August 28, 2020 National Power

काठमाडौं – नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् । श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने यत्रो हिम्मत रु तिमीलाई के लाग्छ रु जे गरिरहेको छौ त्यो भगवानले देख्नुभएको छैन ? ’

उनले रियाको गिरफ्तारीको पनि माग गर्दै लेखिन्, ‘काश मेरो भाइले यो केटीलाई कहिले नभेटेको भए । उसको मर्जी बिना ड्रग्स दिनु र बिरामी छौ भनेर उसलाई विश्वास दिलाउनु र मनोचिकित्सक भएठाउँ लिएर जानु । यो कुन हदसम्मको छल हो ?’ सुशान्तकी दिदीले थपेकी छिन्, ‘मलाई भगवानमाथि विश्वास छ । उहाँले सबै हेरिरहनुभएको छ ।’

उनले थपिन्, ‘१२० मिनेटको अन्तरवार्ता दिएर उनी सबै प्रश्नबाट मुक्त भइन् भनेर सोचिरहेकी छिन् भने उनी पूर्ण रुपमा गलत छिन् । जुन व्यक्तिलाई तपाईं प्रेम गर्नुहुन्छ, उसको मृत्यु भएपछि उसको छविलाई कसरी धुमिल्याउन सक्नुहुन्छ रु तर रियाले यस्तो गरिन् । रियाले भनेकी छिन् सुशान्तलाई उचाईदेखि डर लाग्थ्यो तर रियाको झुटो धेरै बेरसम्म टिक्न सकेन । सुशान्तलाई त जहाज उडाउन र हावामा स्टन्ट गर्न निकै मज्जा लाग्थ्यो ।’