काठमाडौं – नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् । श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने यत्रो हिम्मत रु तिमीलाई के लाग्छ रु जे गरिरहेको छौ त्यो भगवानले देख्नुभएको छैन ? ’
उनले रियाको गिरफ्तारीको पनि माग गर्दै लेखिन्, ‘काश मेरो भाइले यो केटीलाई कहिले नभेटेको भए । उसको मर्जी बिना ड्रग्स दिनु र बिरामी छौ भनेर उसलाई विश्वास दिलाउनु र मनोचिकित्सक भएठाउँ लिएर जानु । यो कुन हदसम्मको छल हो ?’ सुशान्तकी दिदीले थपेकी छिन्, ‘मलाई भगवानमाथि विश्वास छ । उहाँले सबै हेरिरहनुभएको छ ।’
उनले थपिन्, ‘१२० मिनेटको अन्तरवार्ता दिएर उनी सबै प्रश्नबाट मुक्त भइन् भनेर सोचिरहेकी छिन् भने उनी पूर्ण रुपमा गलत छिन् । जुन व्यक्तिलाई तपाईं प्रेम गर्नुहुन्छ, उसको मृत्यु भएपछि उसको छविलाई कसरी धुमिल्याउन सक्नुहुन्छ रु तर रियाले यस्तो गरिन् । रियाले भनेकी छिन् सुशान्तलाई उचाईदेखि डर लाग्थ्यो तर रियाको झुटो धेरै बेरसम्म टिक्न सकेन । सुशान्तलाई त जहाज उडाउन र हावामा स्टन्ट गर्न निकै मज्जा लाग्थ्यो ।’