Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जापानका प्रधानमन्त्री अबेद्वारा राजीनामा

Friday, August 28, 2020 National Power

एजेन्सी- जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएका हुन् । अबेले स्वास्थ्यका कारण राजीनामा दिएका हुन् । उनले पदमा रहँदा आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका छन् ।

उनले पत्रकार सम्मेलनमा आफ्नो स्वास्थ्यबारे प्रष्ट पारेका थिए । आफूले लिइरहेको औषधी र स्वास्थ्यको पछिल्लो अवस्थाबारे वृस्तृत जानकारी दिएका थिए । उनले भने, ‘मैंले राजीनिक निर्णय लिनुपर्ने भएको छ । म अब यो पदमा निरन्तर रहिरहन सक्दिनँ ।’ उनले जनतासँग माफी मागेका थिए । उनले भने, ‘अब म पद छाड्छ् र जनतासँग गरेको बाचालाई निष्कर्षमा पुर्याउन सकिनँ ।’

६५ वर्षीय प्रधानमन्त्री अबेले आठ दिनको अन्तरालमा दुईपटक अस्पताल गएपछि उनलाई स्वास्थ्यबारे जनतालाई स्पष्ट पार्न भनिएको थियो । उनले पत्रकार सम्मेलनमार्फत् त्यसबारे स्पष्ट पार्दै राजीनामा दिएका हुन् । राजीनामाका दौरान अबेले अधिकांश समय कोरोना भाइरसको संक्रमणसँगको संघर्षबाट बोलेका थिए ।

जापानका लोकप्रीय प्रधानमन्त्री अबेलाई केही वर्षयता आन्द्रामा समस्या थियो । तर, पछिल्लो समय यसले निकै जटिलता थपेको बताइएको छ । सन् २०२१ सम्म प्रधानमन्त्री रहनुपर्ने अबे एक वर्ष अगावै राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ ।