Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुशान्तका पिताले भने, ‘मेरो छोरालाई विष खुवाइयो’स रियाले भनिन्, ‘म र मेरो परिवारलाई ज्यानको खतरा’

Friday, August 28, 2020 National Power

काठमाडौं-सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’

नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ । हामीले प्रहरीलाई बताएका छौं तर कसैले केही मद्दत गरेनन् । अनुसन्धान एजेन्सीसँग पनि मद्दत मागियो तर कुनै फाइदा भएन । मुम्बई प्रहरीलाई हाम्रो सुरक्षाका लागि अपिल गर्दछौं ता कि अनुसन्धान एजेन्सीलाई सहयोग गर्न सकूँ ।’