Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

Thursday, August 27, 2020 National Power

काठमाण्डौ – न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएका हुन् ।

फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भने, “तिम्रा कार्यहरु अमानवीय थिए । तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ ।”

मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए । सरकारले उक्त घटना लगत्तै एक कानुन पारित गरी अर्ध–स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।

आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि गरेका थिए । चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए । अदालत बाहिर भेला भएका उनीहरुले टारान्ट शैतान रहेको बताएका थिए । कतिपयले कुरान पाठ गरेका थिए ।

टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए । आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए । न्यायाधीश म्यान्डरले मस्जिदमा गरिएको आक्रमणप्रति कुनै पश्चाताप नगरेको पनि बताए