Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’

Thursday, August 27, 2020 National Power

पोखरा – पोखरा-१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् ।

भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ वर्षीया महिलाको परीक्षण गरिएको थियो ।

७ गते रिपोर्टआउँदा उनमा संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारियो । उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्युको कारण क्रिटिकल कोभिड नै भएको उपचारमा संलग्न डा. अर्जुन अधिकारीले बताए ।

‘अन्य केसभन्दा यो अलि फरक छ । उनको मृत्यु क्रिटिकल कोभिडकै कारण भएको देखिन्छ,’ प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले भने, ‘विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पनि आउनुभएको छ । यसको अध्ययन भइरहेको छ ।’

महिला कास्की सेवा अस्पताल पुग्नुभन्दा पहिले पोखराकै साइ अर्चना अस्पतालमा उपचार गरी फर्किएकी थिइन् । त्यहाँ ४ दिन उपचार गरेर घर फर्किएकी उनलाई शुक्रबार फेरि स्वास्थ्य प्रश्वासमा समस्या भएपछि साइ अर्चनामै पुगेकी थिइन् ।

साइ अर्चनाले उनलाई मणिपालमा रिफर गर्‍यो । मणिपालले इमर्जेन्सीमा राखेर सोधपुछ गरेपछि बेड छैन भनेर कास्की सेवा हस्पिटलमा पठाएको थियो ।

कास्की सेवामा आईसीयूमा राखेर उपचार हुँदै गर्दा स्वास्थ्य बिग्रदो अवस्थामा गएको र परीक्षणपछि कोरोना संक्रमण देखिएको हस्पिटलका निर्देशक डा.पदम खड्काले बताए । ‘उहाँमा दीर्घ रोग थिएन । श्वासप्रश्वास र ज्वरोको समस्याले पछिल्लो समय औषधि खाएको देखिएको छ,’ डा. खड्काले भने ।

गण्डकी प्रदेशमा यसअघि मृत्यु भएका संक्रमित दीर्घ रोगी थिए । तर उनी दीर्घ रोगी नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक आचार्यले पनि बताए ।

पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीका अनुसार उनी ८र१० वर्षदेखि पोखरा–१२ को चापापानीमा बस्दै आएकी थिइन् । दीर्घ रोग नभए पनि पछिल्लो समय बिरामी भएर अस्पताल गइरहनुपर्ने समस्या थाहा पाएको कार्कीले बताए । उनको पोखरा–३२ मा शव व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ, जसमा पोखरामा ३ जना छन् । गण्डकी प्रदेशभरि मृतकको संख्या ९ पुगेको छ ।

अनलाईनखबरबाट