Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोबरा भन्दा खतरनाक रुख, सुरक्षाको लागि तैनाथ हुन्छन् मानिसहरु

Thursday, August 27, 2020 National Power

एजेन्सी – रुख बिरुवाको विशेष महत्व छ । यी कहिले घातक हुन सक्दैनन् भन्ने मान्यता छ। रुखले हामीलाई अक्सिजन दिन्छ । रुख मानिसको लागि वरदान हो । आयुर्वेदमा पनि रुखलाई औषधीको रुपमा मानिएको छ । रुखको जरा, पात, फुल, बोक्रा सबै औषधी हुन्छन् । हामीले रुखको जति व्याख्या गरेपनि कम हुन्छ ।

आज हामी एक यस्तो आश्चर्य लाग्दो रुखको बारेमा बताउछौ, जसलाई मानिसहरुलाई त्रसित बनाएको छ । सरबेरा ओडोमस नामको यो रुख हेर्नमा जति आकर्षक र सुन्दर छ, त्यति नै खतरनाक पनि छ । मानिसहरुले किङ कोबरा पनि यति धेरै खतरनाक नभएको बताइरहेका छन् ।

सरबेरा ओडोलम पछिल्लो घटनाक्रमले सुसाइड ट्रि को नामले पनि चिनिन थालेको छ । यो रुख एशियाका दक्षिण पुर्व देशहरुमा पाइन्छ । यो रुख जहाँ उम्रन्छ त्यहाँ शान्ती सुरक्षा बढ्ने र मानिसहरुलाई कुनै हानी नपुरयाउने भनिएपनि सधै मानिसहरु त्रसित हुनु परेको छ ।

हरेक एक हप्तामा त्यो रुखबाट कम से कम एकजनाको मुत्यु हुने गर्छ । एक सोधकर्ताको समुहले विषालु रुखहरमा सबैभन्दा विषालु रुख भएको पत्ता लागेको छ । रुख नै विषालु भएकोले त्यो रुखबाट फल्ने फलमा सरबेरीन नामको तत्व पाइन्छ, जुन धेरै विषालु हुन्छ ।

यदि सरबेरीन विषको थोरै मात्र कसैले खाउमा उसको शरीर पोल्न र पिडा हुन सुरु हुन्छ । गल्तीले पनि कसैले सरबेरीनको सेवन गरेमा व्यक्तिहरु वान्ता गर्ने, धड्कन बढ्ने र पखाला जस्ता बिरामी हुने र केहि समयपछि मुत्यु हुने गरेको छ । यसले मुत्यु हुने इन्जेक्सनको काम गरेको हुन्छ । सबैभन्दा गाह्रो कुरा त शरीरमा यो गएको छ छैन भन्ने पत्ता लगाउन नै डाक्टरहरुलाई धेरै मुस्किल हुन्छ ।