Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गीत संगीतबाट पनी समाजमा चेतना फैलाउन सकिन्छ : सोमा खत्री (भिडियो अन्तवार्ता)

Wednesday, August 26, 2020 National Power

काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् ।

समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा विरुद्ध शसक्त मोर्चा बनाएर काम गर्ने सोमा खत्री र गायिका सविना श्रेष्ठ मिलेर यति वेला बुढासुब्बा म्युजिक प्रा.लि. मार्फत “बोकी संधै दुनियाँमा चेतनाको भारी” बोलको चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।

देवदत्त भट्टको शब्द रचना र सप्रेम सागरको संगीत रहेको उक्त गीतलाई दर्शकहरुले पनि मन पराएको दावी निर्माण पक्षले गरेको छ । भिडियोमा राष्ट्रिय सभाकी संसद एवं गायिका  एवं संचारकर्मी कोमल वली, अधिवक्ता राजेन्द्र शर्मा, नेपाल प्रहरीका एसएसपि लोकेन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरुको अभिनय रहेको छ भने विपिन भाटको सम्पादन र दिनेश अधिकारीको निर्देशन रहेको छ ।

एभरेष्ट नेपाल युटुव च्यानल मार्फत हामीले यसै चेतनामुलक गीतको गायिका शोमा खत्रीसंग गरेको संक्षिप्त कुराकानीको भिडियो अन्तवार्ता समेत प्रस्तुत गरेका छौं ।