Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मेसीले भने म क्लब छाड्न चाहन्छु

Wednesday, August 26, 2020 National Power

काठमाडौं –  अन्ततस् लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।

कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

क्याम्प नोउ क्लबमा मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन् । च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तमा परेका थिए । उनको स्थानमा क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बनेका छन् ।

मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए । साथै उनले क्लबमा अर्को सिजन रहनेमा पनि संशय व्यक्त गरेका थिए ।

मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको स्पानिस रेडियो आरएसी वानले जनाएको छ । आरएसी वानका अनुसार मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन् ।