Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा

Tuesday, August 25, 2020 National Power

एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।

‘सुपर फुड’

दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पेटसम्बन्धी समस्याको समाधान गर्छ । यसका साथै दहीमा विभिन्न प्रकारका पोषक तत्व पनि पाइन्छ । दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण हुन्छ । दहीलाई चिनीसँग खाने हो भने यसले शरीरलाई अझ धेरै फाइदा पुर्याउँछ । घरबाट बाहिर निस्किँदा दही र चिनी खाने हो भने यसले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरलाई उर्जा दिन्छ ।

१.गुड ब्याक्टेरिया

दहीमा पाइने गुड ब्याक्टेरियाले पाचनप्रक्रियामा मद्दत गर्छ । यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ । दही खाँदा यस्तो ब्याक्टेरिया बढ्छ । जसले इम्युनिटी पावरलाई बढावा दिन्छ । साथै उक्त ब्याक्टेरियाले क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बचाउँछ ।

२.पेटमा जलन हुँदैन 

बिहानको नास्तामा दही–चिनी खाने हो भने दिनभर पेटमा जलन पैदा हुँदैन । यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ । आयुर्वेदमा चिनीलाई पेटका लागि  फाइदाजनक मानिन्छ । यसले पित्त दोष कम हुन्छ । बिहान खाली पेटमा दही  खाँदा दिनभर स्फुर्ती रहिरहन्छ ।

३.युटीआई र जलन कम 

दही र चिनी खाँदा सिस्टिटिस र युटिआई जस्ता समस्याबाट छुटकारा मिल्छ । मलद्वार र मुत्राशयमा हुने जलन कम गराउँछ । जो व्यक्तिले पानी कम पिउने गर्छन् ति व्यक्तिहरुका लागि दही आवश्यक मानिन्छ । दहीमा भिटामिन ए, भिटामिन ई, भिटामिन सी, फोलेट, क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम, भिटामिन पाइरिडोक्सिन, क्यारोटिनाइड जस्ता भिटामिनहरु पाइन्छ जसले पेटलाई तन्दुरुस्त राख्छ ।

 

४ ग्लुकोज

दहीचिनी खाँदा शरीरमा तुरुन्तै ग्लुकोजको मात्रा पूरा हुन्छ । त्यसैले घरबाट बाहिर निस्किँदा दही र चिनी खुवाउने गरिन्छ । ग्लुकोजले दिमाग र शरीरमा तुरुन्तै उर्जा प्रदान गर्छ ।

५. पचाउँन सहज

दूधभन्दा छिटो दही पच्छ । दहीमा हुने प्रोटीन सजिल्यै पचाउन सकिन्छ । नास्तामा दही वा दहीबाट बनेको खानेकुरा खाँदा दूधभन्दा छिटो पच्ने भएकाले पेटलाई हल्का राख्न मद्दत पुग्छ ।

ध्यान दिनुहोस्ः

दहीचिनी शरीरका लागि फाइदाजनक त छ तर रातमा दहीचिनी खानु भने राम्रो हुँदैन । जो व्यक्तिलाई चिसो लाग्ने तथा खोकी, दमको समस्या छ त्यस्ता व्यक्तिहरुले दहीचिनी खानुहुँदैन । तौल बढी छ, मधुमेहको समस्या छ भने दहीमा चिनी हालेर खानुहुँदैन ।