Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा

Tuesday, August 25, 2020 National Power

एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।

‘सुपर फुड’

दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पेटसम्बन्धी समस्याको समाधान गर्छ । यसका साथै दहीमा विभिन्न प्रकारका पोषक तत्व पनि पाइन्छ । दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण हुन्छ । दहीलाई चिनीसँग खाने हो भने यसले शरीरलाई अझ धेरै फाइदा पुर्याउँछ । घरबाट बाहिर निस्किँदा दही र चिनी खाने हो भने यसले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरलाई उर्जा दिन्छ ।

१.गुड ब्याक्टेरिया

दहीमा पाइने गुड ब्याक्टेरियाले पाचनप्रक्रियामा मद्दत गर्छ । यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ । दही खाँदा यस्तो ब्याक्टेरिया बढ्छ । जसले इम्युनिटी पावरलाई बढावा दिन्छ । साथै उक्त ब्याक्टेरियाले क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बचाउँछ ।

२.पेटमा जलन हुँदैन 

बिहानको नास्तामा दही–चिनी खाने हो भने दिनभर पेटमा जलन पैदा हुँदैन । यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ । आयुर्वेदमा चिनीलाई पेटका लागि  फाइदाजनक मानिन्छ । यसले पित्त दोष कम हुन्छ । बिहान खाली पेटमा दही  खाँदा दिनभर स्फुर्ती रहिरहन्छ ।

३.युटीआई र जलन कम 

दही र चिनी खाँदा सिस्टिटिस र युटिआई जस्ता समस्याबाट छुटकारा मिल्छ । मलद्वार र मुत्राशयमा हुने जलन कम गराउँछ । जो व्यक्तिले पानी कम पिउने गर्छन् ति व्यक्तिहरुका लागि दही आवश्यक मानिन्छ । दहीमा भिटामिन ए, भिटामिन ई, भिटामिन सी, फोलेट, क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम, भिटामिन पाइरिडोक्सिन, क्यारोटिनाइड जस्ता भिटामिनहरु पाइन्छ जसले पेटलाई तन्दुरुस्त राख्छ ।

 

४ ग्लुकोज

दहीचिनी खाँदा शरीरमा तुरुन्तै ग्लुकोजको मात्रा पूरा हुन्छ । त्यसैले घरबाट बाहिर निस्किँदा दही र चिनी खुवाउने गरिन्छ । ग्लुकोजले दिमाग र शरीरमा तुरुन्तै उर्जा प्रदान गर्छ ।

५. पचाउँन सहज

दूधभन्दा छिटो दही पच्छ । दहीमा हुने प्रोटीन सजिल्यै पचाउन सकिन्छ । नास्तामा दही वा दहीबाट बनेको खानेकुरा खाँदा दूधभन्दा छिटो पच्ने भएकाले पेटलाई हल्का राख्न मद्दत पुग्छ ।

ध्यान दिनुहोस्ः

दहीचिनी शरीरका लागि फाइदाजनक त छ तर रातमा दहीचिनी खानु भने राम्रो हुँदैन । जो व्यक्तिलाई चिसो लाग्ने तथा खोकी, दमको समस्या छ त्यस्ता व्यक्तिहरुले दहीचिनी खानुहुँदैन । तौल बढी छ, मधुमेहको समस्या छ भने दहीमा चिनी हालेर खानुहुँदैन ।