Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

यी ६ तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान

Tuesday, August 25, 2020 National Power

एजेन्सी – प्रायः मानिसहरु स्वस्थ हुनका लागि सलादसँगसँगै केही तरकारीहरु पनि काँचो खाने गर्छन् । काँचो सलाद र तरकारी स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।

तर, केही फल वा तरकारी काँचो खाँदा नोक्सान पुग्नसक्छ । केही तरकारी काँचो खाँदा रोग पनि लाग्न सक्छ । यसका साथै केही तरकारीहरु काँचो खाँदा पचाउन पनि निकै मुश्किल पर्छ । जसमध्ये यी ६ तरकारी कहिल्यै पनि काँचो खानु हुँदैन ।

१. बन्दा, ब्रोकाउली, काउली

काउली प्रजातीको कुनै पनि तरकारी काँचो खाँदा पेटमा ग्यास बढ्ने र पाचन प्रक्रियामा समेत खराबी आउन सक्छ । काउली, बन्दा वा ब्रोकाउलीमा एक प्रकारको चिनीको मात्रा हुन्छ जुन नपकाइन खाँदा पेटमा घुल्न मुश्किल हुन्छ । त्यसैले यस्ता तरकारी पकाएर खाँदा फाइदाजनक हुन्छ ।

२.च्याउ 

मानिसहरु सामान्यतयाः काँचो च्याउ पनि खाने गर्छन् । च्याउमा धेरै मात्रामा पोषक तत्व पाइन्छ । यसलाई ग्रिल गरेर पनि खान सकिन्छ । च्याउमा पोटाशियमको मात्रा बढी हुन्छ । च्याउ उमालेर कुनै पनि परिकार बनाएर खान सकिन्छ । च्याउ खाँदा नोक्सानभन्दा फाइदा बढी हुन्छ । त्यसलै मसरुम पकाएर वा उसिनेर खाँदा निकै फाइदा पुग्छ ।

३. क्लस्टर सिमी

यसको दानामा एमिनो एसिडको मात्रा पाइन्छ । जुन शरीरका लागि हानिकारक मानिन्छ । त्यसको यसको दाना काँचो खानु हुँदैन । यसको दाना राम्रोसँग धुनुहोस् र राम्रोसँग पकाउनुस् ।

४.राजमा वा सिमी

राज्मा वा कुनै पनि सिमी नपकाइकन नखानुहोस् । यस्ता गेडागुडी काँचो खाँदा बान्ता हुनसक्छ । काँचो गेडागुडीमा टक्सिन, ग्लाइकोप्रोटिन ल्याक्टिन जस्ता तत्वहरु पाइन्छ । त्यसले यस्ता गेडागुडी कम्तीमा ५ घण्टा भिजाएर पकाएर खानुपर्छ ।

५.भान्टा

काँचो भान्टा खाँदा पेटमा नोक्सान पुर्याउने, बान्ता हुने, चक्कर लाग्ने र पेटमा ऐठन पैदा गर्ने जस्ता समस्या गर्छ । यसमा पाइने सोलनिन न्युरोलोजिकल र ग्यास्ट्रो इन्टेस्टाइनल जस्ता रोगका लक्षण पैदा गर्न सक्छन् । त्यसैले यसलाई सधैँ पकाएर खाने गर्नुस् ।

६. आलु

तरकारीको राजा आलु धेरै मात्रामा खाँदा शरीरलाई नोक्सान पनि पुग्छ । आलुमा पाइने सोलानाइन नामक टक्सिनले पेटमा ग्यास, बान्ता, टाउको दुखाई र पाचन सम्बन्धी समस्या पैदा गर्छ । त्यसैले आलु कहिल्यै काँचो खान हुँदैन ।