Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुशान्तले आत्महत्या गरेको अघिल्लो रात कोठामा बत्ति बालिएको थिएन, यस्तो पहिले कहिले भएको थिएनः छिमेकी

Sunday, August 23, 2020 National Power

काठमाण्डाै- सुशान्त सिंह राजपूतको केसमा सिबिआईले नयाँ ढङ्गले अनुसन्धान गरिरहेको छ । यो मामिलामा अब सुशान्तको बान्द्रास्थित बिल्डिङमा बस्ने एक महिला छिमेकीको बयान चर्चामा आएको छ । ।

सुशान्त बस्ने बिल्डिङमै एक महिलाले १३ जून सुशान्तले आत्महत्या गर्नु अघिल्लो दिनमा सुशान्तको कोठाको बत्ति बन्द भएको बताएकी छिन् । उनले भनिन्, ‘किचनको बत्ती मात्रै बलेको थियो । यसरी बत्ति कहिले पनि बन्द भएको थिएन । सुशान्तको कोठाको बत्ती धेरैजसो बिहान ४ बजेसम्म बलिरहन्थ्यो । तर त्यो रात साढे १० बजे नै बत्ति निभेको थियो । १३ जूनको राती सुशान्त सिंह राजपूतको घरमा कुनै पार्टी थिएन । त्यो दिन केही न केही गलत भएको मलाई शंका छ ।’

छिमेकी महिलाको बयानलाई सुशान्त सिंह राजपूत मामिलामा निकै महत्वका साथ हेरिएको छ ।

अर्कोतर्फ सुशान्तको केसमा सिबिआईले आफ्नो अनुसन्धान तीब्र बनाएको छ । सुशान्तको बान्द्रास्थित फ्ल्याटमा सिबिआइएको समूह उपस्थित छ । करिब १२ फोरेन्सिक विज्ञ, ६–८ सिबिआई अधिकारीले मृत्युको दिनलाई रिक्रिएट गरेका छन् । यो पूरा प्रक्रियाको भिडियो पनि बनाइँदैछ । सिन रिक्रिएटका लागि डमीको प्रयोग गरिएको छ । सिबिआईको फोरेन्सिक टिमसँगै सुशान्तका कुक निरज र साथी सिद्धार्थ पिठानी पनि छन् । यी दुईले त्यो दिन के भएको थियो भनेर जानकारी दिनेछन् ।