Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

थप ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६

Sunday, August 23, 2020 National Power

काठमाडौं  – पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १४९ जनाको मृत्यु भएको छ भने १८ हजार ६३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् ।

यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११र११ जना र झापाका १० जना संक्रमित भएका छन् ।

सुनसरी र रौतहटका ९र९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६र६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४र४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २र२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार संक्रिय संक्रमित

हाल १३ हजार १५५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।