Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

बुटवलको कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

Sunday, August 23, 2020 National Power

बुटवल – कोरोना संक्रमणका कारण बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला रहेको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । भेन्टिलेटरमा उपचाररत उनीहरुको आइतबार दिउँसो १ बजे मृत्यु भएको हो ।

डा.थापाका अनुसार पुरुष भदौ १ गते अस्पताल आएका थिए । श्‍वासप्रश्‍वास र ज्वरो देखिएपछि भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी साउन अन्तिम साता काम विशेषले बोडरमा गएको र त्यसपछि कोरोना संक्रमणको लक्षण देखिएको थियो ।

महिला साउन ३१ मा अस्पताल आएकी थिइन् । खोकी, ज्वरो र श्वासप्रश्वाशमा समस्या देखिएपछि उनलाई भदौ ३ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल आउनुअघि उनको बुटवल हस्पिटल प्रालिमा ३ दिन भर्ना गरेर उपचार गरिएको थियो । किड्नीमा समस्या भएकी उनमा पीसीआर पोजिटिभ देखिएपछि कोरोना अस्पतालमा ल्याइएको थियो । अस्पतालको आईसीयुमा अब १४ जना बिरामी रहेका डा। थापाले बताए ।