Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सुखदुःखको साथी नेबिसंघ काभ्रे

Saturday, August 22, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा घाँस काट्ने क्रममा सुख्खा पहिरो आई घाँस काटिरहेकि मैयाँ बजगाई बेपत्ता भएकि छन्।

घाँस काट्नको लागि काक्रे बाट तिनघरेमा गएको र घाँस काट्दा काट्दै पहिरो आएर बेपत्ता भएको प्रत्यक्ष दर्शिले बताएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहभागितामा उक्त हरायकी महिलाको उद्धार कार्य जारी रहेकोे छ । दुई दिन बितिसक्दा पनि अझै भेटिएको छ ।

खोजीमा नेपाली सेना,प्रहरी र स्थानियहरुले आफ्नो क्षमता अनुसार जोडतोडका साथमा लागि परेका छन् । सोही क्रममा आज नेपाल बिद्यार्थी संघकाभ्रेले उक्त स्थानमा खटि रहेका ब्यक्तिहरुलाई खाजा वितरण गरेको छ ।

नेपाली काङ्ग्रेस बनेपा नगर उप सभापति शान्तिरत्न शाक्य नेपाल बिद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश बादे,कोषाध्यक्ष रबिन गौतम ,बनेपा नगर सभापति यसकुमार रन्जित,काभ्रे बहुमुखी क्याम्पसका स्वबियु सभापति युगेश्वोर कायस्ठ लागयतका ब्यक्तिहरु ले उक्त उद्धार टोलि लाई खाजा वितरण गरेको थियो ।

उनिहरुले पानी,जुस,चाउचाउ ,लगायतका खाजाहरु लिएर गयका थिए । साथै कोरोना रोकथामको लागि १०० थान मास्क पनि वितरण गरिएको थियो ।

उद्धार टोलि सँगसँगै मिलेर उद्धार कार्यमा पनि लागि परेका थिए । सदैब काममा सघाउन नसकीयता पनि आज एक दिन उद्धार कार्यमा लागि खाजा वितरण गर्दा पनि काम गर्नेको मनोबल वृद्धि हुनेहुँदा यसरि सहयोग गरेको अध्यक्ष बादेले बताउनु भयो ।