Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सिन्धुपाल्चोक पहिरो : थप एक जनाको शव भेटियो, २० जनाको अवस्था अझै थाहा हुन सकेन

Sunday, August 16, 2020 National Power

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाको लिदीमा पहिरोमा पुरिएका थप एक जनाको शव भेटिएको छ । आइतबार बिहानदेखि हराइरहेकाहरुको खोजी गर्ने क्रममा थप एक जनाको शव भेटिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार १४ वर्षका हिन्दोस दोङको शव भेटिएको हो । योसँगै अहिलेसम्म सात बालक, पाँच बालिका, चार महिला र तीन पुरुष गरी १९ जनाको शव भेटिएको छ । अझै पनि २० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।

हराइरहेकाहरुको खोजीको लागि एक्स्काभेटर लैजाने तयारी पनि भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले मिलेर हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।

पहिरोबाट प्रभावित लिदीका एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी पनि गरिएको छ । क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलनको काम पनि भइरहेको छ । गाउँपालिकाकाका योजना सल्लाहकार रामबाबु नेपालका अनुसार लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।

गएको शुक्रबार बिहान आएको पहिरोले लिदीको ३७ वटा घरमा क्षति पुर्‍याएको छ भने १३ वटा घर पूरै भत्किएका छन् । पहिरोमा परेर घाइते भएका पाँच जनाको सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।