Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाल प्रहरीका दुई डीआईजीलाई कोरोना सङ्क्रमण

Sunday, August 16, 2020 National Power

काठमाण्डौ – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।